• २०८२ कार्तिक २८ शुक्रबार

राष्ट्रिय एचआर सम्मेलनको १४औं संस्करण शुक्रबार आयोजना हुदै

kharibot

काठमाडौँ । राष्ट्रिय एचआर सम्मेलनको १४औं संस्करण शुक्रबार हुन लागेको छ ।  

'उत्कृष्ट संस्था निर्माण; मानिस, संस्कृति र प्रभाव' भन्ने विषयवस्तुमा केन्द्रित भएर राष्ट्रिय एचआर सम्मेलन कार्तिक २८ (नोभेम्बर १४) मा ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिप काठमाडौँमा आयोजना हुँदैछ । सम्मेलनमा लगभग २०० भन्दा बढी प्रोफेसनल र एचआर उत्साहीहरू सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका 'कि नोट स्पीच', प्यानल छलफल र अन्य गतिविधिहरू हुने कार्यक्रम रहेको आयोजकले बताएका छन् । 

नेपाल मानव संसाधन समाज (एचआरएसएन) एक व्यावसायिक, गैर-नाफामुखी, स्वयंसेवी, सदस्य-आधारित सर्वोच्च निकाय हो जुन प्रत्येक व्यवसायको महत्त्वपूर्ण कार्यको रूपमा एचआरलाई सुदृढ पार्ने उद्देश्यले स्थापित भएको हो । २०१३ मा स्थापना भएदेखि, यसले नेपालभर राम्रो एचआर अभ्यासहरूको प्रवर्द्धन र वकालत गर्न विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ र ती मध्ये धेरैजसो गतिविधिहरूले राम्रो परिणामहरू उत्पादन गर्ने प्रभाव पारेको देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै