काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ५९ सयले बढेर तोलाको २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३१७५ मा कारोबार भएको थियो ।









