• २०८२ कार्तिक २८ शुक्रबार

युनुस कमजोर र अराजक नेता हुन्, उनी अतिवादीमा भर परे- हसिना

kharibot

काठमाडौँ । भारतमा निर्वासनमा बस्दै आएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बंगलादेशको वर्तमान युनुस सरकार अतिवादीहरूमा भर परेको बताएकी छिन् ।

समाचार एजेन्सी पीटीआईसँगको इमेल अन्तर्वार्तामा हसिनाले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको भारत विरोधी नीति मूर्खतापूर्ण रहेको टिप्पणी गर्दै सरकार अतिवादीहरूमा भर परेको बताएकी हुन् ।

हसिनाले आफ्नो देश फर्किने सम्भावना लोकतन्त्र पुनर्स्थापित भएपछि मात्र सम्भव हुने बताएकी छन् सरकार अतिवादीहरूमा भर परेको बताएकी छिन् । उनले अवामी लिगमाथिको प्रतिबन्ध हटाएर स्वतन्त्र र निष्पक्ष चुनाव भएपछि मात्र आफु फर्किने बताएकी छन् ।

हसिनाले मोहम्मद युनुस एक कमजोर, अराजक र अतिवादी-आश्रित नेता भएको टिप्पणी गरेकी छन् । हसिनाले विद्रोहले उनलाई परिस्थितिको नियन्त्रण गुमाएको थियो, जुन दुर्भाग्यपूर्ण भएको बताउदै केही तथाकथित विद्यार्थी नेताहरू, जो वास्तवमा राजनीतिक कार्यकर्ता थिए, ले विरोध प्रदर्शनलाई भड्काउन भूमिका खेलेको बताइन ।

हसिनाले वर्तमान अन्तरिम सरकारले बंगलादेशका जनताको सोचलाई प्रतिबिम्बित नगर्ने बताउदै भारत बंगलादेशको सबैभन्दा ठूलो मित्र थियो, छ र रहने बताएकी छन् । हसिनाले युनुस सरकारलाई भारतसँगको सम्बन्ध बिगार्ने र अतिवादी शक्तिहरूलाई प्रोत्साहन गर्ने आरोप लगाइन् । 

हसिनाले अर्को वर्ष फेब्रुअरीमा हुने चुनाव बहिष्कार गर्न आह्वान गरेको रिपोर्टलाई खारेज गरेकी छन् । उनले भनेकी छन्- 'यदि अवामी लिगलाई चुनावबाट बहिष्कृत गरियो भने, ती चुनावहरूलाई मान्य हुने छैन । लाखौं मानिसहरूले हामीलाई समर्थन गर्छन्, त्यसैले देशलाई जनताको सहमतिमा सञ्चालन हुने नेतृत्व चाहिन्छ ।'

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा दायर भइरहेको मुद्दाको बारेमा बोल्दै हसिनाले यो पूर्णतया राजनीतिक प्रतिशोध भएको भन्दै आफुलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्धा चलाउन चुनौती दिएकी छन् । 

गत वर्ष, बंगलादेशमा ठूलो विद्यार्थी नेतृत्वको विरोध प्रदर्शन भयो। अगस्ट ५, २०२४ मा, तत्कालीन प्रधानमन्त्री ७७ वर्षीया शेख हसिनाको निवासमा एउटा भीडले आक्रमण गर्‍यो । भीड आउनुभन्दा पहिले नै हसिना बंगलादेश भागेर भारत गएकी उनी त्यसबेलादेखि भारतमा नै बस्दै आएकी छिन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै