• २०८२ कार्तिक २६ बुधबार

सरकारसँगको वार्तामा दुर्गा प्रसाई समुहले राख्यो २६ बुँदे माग

kharibot

काठमाडौँ । सरकारसँग वार्ताका लागि सिंहदरबार पुगेको दुर्गा प्रसाईंको समूहले २६ बुँदे माग राखेको छ । वार्तामा सहभागी भएका प्रसाईंको समूहका सदस्यहरुले राजसंस्था फर्काउनुपर्ने, हिन्दुराष्ट्र स्थापना गर्नुपर्नेसहितका मागहरु सरकार समक्ष राखेका छन् ।  

प्रसाईंका तर्फबाट गरिब जनताको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा, त्यसभन्दा बढी ऋण ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्ने मौका पाउनुपर्ने सहितका माग समेत राखिएको छ ।

वार्तामा दुर्गा प्रसाईँ आफैं भने वार्तामा प्रत्यक्ष सभागी भएका थिएनन् । प्रसाईँको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, र मकबुल साह सहभागी रहेका थिए । सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै