• २०८२ कार्तिक २६ बुधबार

अभिनेता धर्मेन्द्रलाई अस्पतालबाट घरमा लगियो, कस्तो छ उनको स्वास्थ्य अवस्था ?

kharibot

काठमाडौँ । बलिवुडका दिग्गज अभिनेता धर्मेन्द्रलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । देओल परिवारले उनलाई घर ल्याएको छ ।

परिवारले घरमै उपचार जारी राख्ने निर्णय गरेको हुनाले डाक्टरले अब उनको उपचार घरमै गरिने बताएका छन् । यस विषयमा अस्पतालले आधिकारिक विज्ञप्ति पनि जारी गरेको छ । परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ- 'धर्मेन्द्रजीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ र घरमै आराम र उपचार जारी राख्नुहुनेछ । हामी मिडिया र आम जनतालाई विनम्रतापूर्वक अनुरोध गर्दछौं, कृपया कुनै पनि अनुमान नगर्नु होला र यस समयमा उहाँ र उहाँको परिवारको गोपनीयताको सम्मान गरिदिनुहोला । उहाँको निरन्तर स्वास्थ्यलाभ, सुस्वास्थ्य र दीर्घायुको लागि हामी सबैको माया, प्रार्थना र शुभकामनाको लागि हार्दिक आभारी छौं ।'

धर्मेन्द्रको स्वास्थ्यको बारेमा जानकारी दिँदै डा. प्रीतित सम्दानीले भनेका छन्- 'धर्मेन्द्रजीलाई बिहान ७:३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ । परिवारले उहाँको उपचार घरमै गर्ने निर्णय गरेको हुनाले अब उहाँको उपचार घरमै गरिनेछ ।'

गत सोमबार स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना भएका धर्मेन्द्र बारे मंगलबार निधन भएको हल्ला चलेको थियो । मिडियाले निधन भएको समाचार प्रशारण प्रकाशन गरेपछि उनकी पत्नी हेमा मालिनी र छोरी इशा देओलले आपत्ति जनाउदै धर्मेन्द्र जीवित रहेको र उपचार जारी रहेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै