• २०८२ कार्तिक १६ आइतबार

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

kharibot

काठमाडौँ । नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ को सिरिज अन्तर्गतको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४९.५ ओभरमा अलआउट हुदै २७१ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाए भने कारण केसीले ४९ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाएका थिए ।

त्यसैगरी अमेरिकाका बलर हरमीत सिंहले ३, सौरभ नेत्राभल्कर र नोसथस केन्जिगेले २-२ विकेट लिएका थिए । त्यस्तै जसदीप सिंह र सुभम रन्जानेले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै