• २०८२ कार्तिक २६ बुधबार

इजरायलले गाजामा भिषण आक्रमण, बालबालिका र महिलासहित १०४ जनाको मृत्यु

kharibot

काठमाडौँ । इजरायलले गाजामा भिषण आक्रमण गरेको छ । मंगलबार राति गाजामा इजरायली आक्रमणमा लगभग १०४ प्यालेस्टिनीहरू मारिएको रिपोर्टमा बताइएको छ ।

मृत्यु हुनेहरूमा ४६ बालबालिका र २० महिला पनि रहेका छन् भने २५० जना घाइते भएका छन् । इजरायली रक्षा बलले 'दर्जनौं आतंकवादी लक्ष्य र आतंककारीहरूलाई' लक्षित गरेको दाबी गरेको छ । 

यो आक्रमणपछि इजरायली सेनाले आफ्नो आक्रमण रोकेको बताएको छ । इजरायलले हमासका ३० अड्डामा आक्रमण गरेको जानकारी दिएको छ ।

सेनाले हमासले युद्धविराम उलंघन गरेमा फेरी आक्रमण गर्ने भन्दै अहिलेका लागि आफुहरुले युद्धविरामको पालना गरेको बताएको छ । इजरायलले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा भएको युद्धविरामको पालना नगरेको बन्धकका गलत शव हस्तान्तरण गरेको र पुरै शव पनि अहिलेसम्म हस्तान्तरण नगरेको आरोप लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै