• २०८२ कार्तिक १६ आइतबार

अफगानिस्तानविरुद्धको टेस्टमा जिम्बाबेको शानदार जित

kharibot

काठमाडौँ । जिम्बाबेले अफगानिस्तानविरुद्धको टेस्ट खेल जितेको छ । हरारेमा बुधबार सम्पन्न खेलमा जिम्बाबेले अफगानिस्तानलाई इनिंग र ७३ रनले पराजित गरेको हो ।

अफगानिस्तानले पहिलो इनिंगमा केबल १२७ रन बनाएको थियो भने जिम्बाबेले पहिलो इनिंगमा बेन कुरानको १२१ रनको मद्धतले ३५९ रन बनाएको थियो ।

त्यस्तै अफगानिस्तान दोस्रो इनिंगमा १५९ रनमा अल आउट भएपछि जिम्बाबे एक इनिंग र ७३ रनले विजयी भएको थियो । जिम्बाबे टेस्ट खेलमा २०१३ पहि पहिलो पटक विजयी भएको हो ।

जिम्बाबे टूरमा रहेको अफगानिस्तानले यो एक मात्र टेस्ट खेलेपछि अब दुवै देशबीच ३ खेलको टी-२० सिरिज हुने छ । टी-२० सिरिजको पहिलो खेलअक्टोबर २९ देखि शुरु हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै