• २०८२ कार्तिक २६ बुधबार

लक्ष्मी पुजाको साँझ विद्युतको आन्तरिक उच्च माग १६५० मेगावाट, १०१५ मेगावाट निर्यात

kharibot

काठमाडौँ  । लक्ष्मी पुजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले सोमबार साँझ ६: ५० बजे नेपालमा आन्तरिक विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो । त्यस्तै सोहि समयमा प्राधिकरणले १०१५ मेगावाट निर्यात समेत गरेको जानकारी दिएको छ । 

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । 

२०७३ सालको भदौमा विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै