• २०८२ कार्तिक २६ बुधबार

मानवीय मान्यताहरूको संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष दाहालको अपिल

kharibot

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संसदले मानवीय मान्यताहरूको संरक्षण एवम् प्रवर्द्धन गर्न र सङ्कटको समयमा गरिने कार्यहरूलाई समर्थन गर्न अहम् भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर-व्यवस्थापिका संघको १५१औँ सभामा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्  ।

उनले संकटको समयमा मानवीय मान्यताहरूको पालना र मानवीय कार्यलाई समर्थन गर्ने विषयवस्तुमा आधारित यस महत्त्वपूर्ण बहस आजको सन्दर्भमा ठूलो महत्त्व रहेको बताउडिया विश्वमा एकातर्फ सशस्त्र द्वन्द्व, जलवायु परिवर्तनसँगै मानव उत्सर्जित र प्राकृतिक रूपमा उत्पन्न प्रकोपको असर बढ्दै गएको छ भने अर्कोतर्फ बेथिति र भ्रष्टाचारले आक्रान्त शासकीय संकटको सघनतालाई तिव्रता दिएको धारणा राखेका छन् । 

उनले भने- 'मानव जीवनको मर्यादा र रक्षाका लागि बनाइएका नैतिक र कानुनी सिद्धान्तहरू संकटमा पर्दैछन्। हालैका वर्षहरुमा मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा अत्यावश्यक सहायता र उद्दारको अभावमा विपिन जोशीजस्ता नेपाली युवाहरूले जीवन गुमाउनु परेकोमा हामी स्तब्ध छौँ। यस अवस्थामा संसदले मानवीय मान्यताहरूको संरक्षण एवम् प्रवर्द्धन गर्न र सङ्कटको समयमा गरिने कार्यहरूलाई समर्थन गर्न अहम् भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई हामी अपिल गर्दछौँ ।'

अध्यक्ष दाहालले हाल विश्वव्यापी भाइचारा र सद्भावलाई विभिन्न कोणबाट चुनौती थपिएको अनुभूति भइरहेको बताउदै साइबर अपराध, स्वचालित हतियार र एआई लगायतको दुरूपयोगबाट सिर्जित समस्यालाई संसदीय कूटनीतिमार्फत् नियन्त्रण गर्न सकिने बताए । उनले यसका लागि आईपियू अन्तर्गत मानवीय कानूनको अनुपालनाको अनुगमन गर्न, असल अभ्यास अनुसरण गर्न र विश्वव्यापी एकतालाई सुदृढ गर्न जरूरी देखिएको समेत बताए ।

उनले नेपालमा हालको स्मरणयोग्य जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्ने दिशातिर गइरहेको बताएका थिए । उनले जेनजीको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएको भन्दै संघीय संसद यी लक्ष्यहरू पूरा गर्ने केन्द्रबिन्दु भएको र यस परिवर्तनबाट प्राप्त अवसरको उपयोग गर्न प्रयत्नरत रहेको धारणा राखेका थिए ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै