• २०८२ कार्तिक २८ शुक्रबार

कतारको नियम, कानून, सांस्कृतिक मूल्य-मान्यता पूर्णरुपमा पालना गर्न नेपाली समुदायलाई दुताबासको आग्रह

kharibot

काठमाडौँ । कतारको दोहास्थित नेपाली दुताबासले कतारमा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका सम्पूर्ण नेपालीलाई कतारको नियम, कानून, सांस्कृतिक मूल्य-मान्यता पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ । बुधबार एक सुचना जारी गर्दै दुताबासले यस्तो अनुरोध गरेको हो ।

दुताबासले सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोवार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लङ्घन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन आग्रह गरेको छ ।

साथै दुताबासले देहायका विषयहरूमा विशेष सावधानी अपनाउन नेपाली समुदायमा अनुरोध गरेको छ :

१- कतारको कानून, नियम र सांस्कृतिक मूल्य-मान्यताको पूर्ण पालना गर्ने ।

२- कतारको कानूनले निषेध गरेका कुनै पनि कार्यहरू नगर्ने ।

३- सार्वजनिक स्थलमा मादक पदार्थ र धुम्रपान सेवन नगर्ने ।

४- कुनै पनि व्यक्तिले दिएको सामान चेकजाँच नगरी नबुझ्ने ।

५- अध्यागमन र ट्राफिक नियमको सधैं पालना गर्ने ।

६- जहाँसुकै र जहिलेसुकै शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्ने ।

७- कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्ने ।

८- प्रलोभनमा परेर वा नबुझिकन कुनै कागजातमा सही गर्न नहुने ।

९- आफ्नो राहदानी, कतार परिचय पत्र, बैंक अकाउण्ट नम्बर, फोनको सीम कार्ड कसैलाई पनि नदिने र क्यूआइडी बुझाई कुनै किसिमको बैंक ऋण नलिने । १०- एउटा कम्पनीको क्यूआइडी लिएर अर्को कम्पनीमा काम गर्नु वैधानिक नहुने । ११- भाङ्गको अचार, मर्चा जस्ता कुराहरू ल्याउन र लेनदेन गर्न नहुने ।

१२- सामाजिक संजालहरूमा व्यक्तिगत चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्ने ।

१३- नेपाली चाडपर्वहरू मनाउँदा स्थानीय धार्मिक र सांस्कृतिक संवेदनशीलता तथा मूल्य-मान्यतालाई गंभीरताका साथ ध्यान दिनुपर्ने । चाडपर्व होस वा अन्य समय, कुनैपनि बेला जुवातास खेल्न नहुने ।

१४- सार्वजनिक स्थलमा फोटो खिच्दा र टिकटक लगायतका भिडियो बनाउदा अपरिचित व्यक्तिहरूलाई फ्रेममा लिन नहुने ।

१५- सार्वजनिक स्थलमा अमर्यादित, उच्छृङ्खल र भड्किलो पोशाक लगाएर हिड्न नहुने ।

१६- कतार सरकारको सम्बन्धित निकायबाट पूर्व स्वीकृति नलिई कुनै पनि कार्यक्रम गर्न नहुने ।

१७- नेपाली समुदायबीच एकता कायम गर्न सबै संघसंस्था र समाजहरूवीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्ने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै