• २०८२ कार्तिक २८ शुक्रबार

कपिलवस्तु कारागारबाट ४३१ कैदी भागे, जिल्ला अदालत जलाए

kharibot

कपिलवस्तु । कपिलवस्तु कारागारबाट ४३१ कैदी भागेका छन् । कारागार प्रशासनका अनुसार बिहान कारागारका दुई ब्लकमा रहेका ४५९ कैदीबन्दीमध्ये ४३१ जना भागेका हुन् ।

सो कारागारका दुई ब्लकमा २८ जना कैदी भने कारागारमै रहेका छन् । 

कारागारबाट भागेका कैन्दीले जिल्ला अदालत कार्यालय पुगेर अदालत कार्यालयका विभिन्न कोठाहरुमा तोडफोड तथा आगजनी गरेका थिए । बेल्चा, हथौडा, पेटेल लगायतका सामाग्री बोकेर आएका कैदीहरुले अदालतमा आगजनी गर्दै आफ्नो मुद्धाका सवै मिसिल तथा कागजपत्र जलाएका छन् ।  

अदालतमा महत्वपूर्ण कागजपत्रसहित उनीहरुले अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड र आगजनी गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । प्रहरीले कारागारबाट भागेका ६५ जना कैदीलाई तौलिहवाका विभिन्न स्थानबाट पुन: पक्राउ गरेको जानकारी दिएको छ भने अन्यको खोजी जारी रहेको छ ।

जेनजी आन्दोलनपछि कपिलवस्तुसहित देशभरका कैदीहरुले जेलमा तोडफोड र आगजनी गरेर भाग्ने क्रम जारी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै