• २०८२ कार्तिक २६ बुधबार

अमेरिकाले नेपाली सेनालाई दियो दुई स्काइ ट्रक हेलिकोप्टर

kharibot

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ । विहिबार अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् । 

यी स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिने बताइएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणाले अमेरिका-नेपालको स्थायी र बहुआयामिक साझेदारीको प्रतीकात्मक यो हस्तान्तरणले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउदै अमेरिका-नेपाल सम्बन्धलाई अझ सुदृढ पार्ने दिशामा गरिरहेको कामलाई निरन्तरता दिने बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै