• २०८२ माघ ९ शुक्रबार

दिनेश राउतको नयाँ फिल्म 'कुमारी' को छायांकन शुरु

kharibot

काठमाडौँ । दिनेश राउतको नयाँ फिल्म 'कुमारी' को छायांकन शुरु भएको छ । 

मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा शुभ-मुहूर्त गरेपछि पाटन क्षेत्रमा छायांकन शुरु गरिएको हो । मुहूर्त समारोहमा निर्देशक राउतसँगै फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभन्डारी तथा निर्माता महेन्द्र अधिकारी उपस्थिति थिए ।

यो फिल्ममा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार लगायतको अभिनय रहनेछ । यो फिल्म सहरी क्षेत्रको प्रेमकथामा आधारित हुने जनाइएको छ । 

यस अघि ‘प्रसाद’, ‘पुजार सार्की’ जस्ता सामाजिक कथामा फिल्म बनाएका राउतले लभस्टोरी फिल्म ‘कुमारी’ बनाउन लागेका हुन् । 

यस फिल्मका अभिनेता अबिसेकले यसअघि फिल्म ‘बेहुली फ्रम मेघौली’ मा अभिनय गरेका थिए । अभिनेत्री आकृति भने चर्चित गीत ‘बार्दली’ की मोडल हुन् ।

फिल्म 'आइ एम सरी’बाट निर्देशकीय यात्रा सुरु गरेका निर्देशक राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित फिल्म बनाएर स्थापित भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै