• २०८२ माघ २६ सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको छैटौं अधिवेशनको  ६०औं बैठक दिनको १ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले 'जलस्रोत विधेयक' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले 'नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गृहमन्त्री रमेश लेखकले 'नेपाल नागरिकता ( दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै