• २०८२ कार्तिक २६ बुधबार

ब्यानरमा रेशम चौधरीको तस्बीर राखेर शुरू भयो नाउपाको केन्द्रीय कार्यसमितिको बैठक

kharibot

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।

रञ्जिताले बैठकमा एका तिर आफ्नो र अर्को तिर संरक्षक रेशम चौधरीको तस्बीर भएको ब्यानर राखेर बैठक शुरु गरेकी छन् । यस बैठकमा संरक्षक रेशम चौधरी पक्ष भने सहभागी भएका छैनन् ।

दुईदिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिक लगायत उपनिर्वाचनका विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ ।

यसअघि पार्टीका संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट समेत हटाएर रेशमका बुवा लालबीर चौधरीलाई अध्यक्ष बनाएपनि निर्वाचन आयोगले रञ्जिता नेतृत्वको केन्द्रीय समितिलाई नै मान्यता दिएपछि नाउपा विभाजनको संघारमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै