बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानको शनिबार बिहान निधन भएको छ ।
७२ वर्षीय मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो । मुसलमान गत निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा विजयी भएका थिए ।
मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवार निकटले जानकारी दिएका छन् ।









