कपिलवस्तु । कपिलवस्तु बाणगंगा-८ बोडगाउँका क्यानडामा अध्ययनरत बिशाल अधिकारीले चार मन्दिरमा मादल सहयोग गरेका छन् ।
अधिकारीले लौगाईस्थित गणेश मन्दिर, बन्डौलीको मनकामना मन्दिर मधुवनको लक्ष्मीनारायण मन्दिर र बालापुरको जलेश्वरधाम मन्दिरलाई मादल सहयोग गरेका हुन् ।
अधिकारीले गणेश मन्दिरका अध्यक्ष विष्णु भट्टराई, सामाजिक युवाहरु राजेन्द्र भण्डारी, दिपक जिसी र ज्ञानु पौडेलमार्फत सो सहयोग गरेका हुन् ।

सामजिक काममा सक्रिय अधिकारी हाल अध्ययनको क्रममा क्यानडामा रहेपनि आफ्नो खाजा खाने पैसा बचाएर नेपालमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । कृष्ण भगवानप्रति आस्था राख्ने अधिकारीले मन्दिरमा नियमित हुने भजन र आउदै गरेको तीजलाई लक्षित गरेर मादल सहयोग गरेको बताएका छन् ।









