• २०८२ कार्तिक २६ बुधबार

न्यूजील्याण्डमा झोलामा बालिका बोकेकी महिला पक्राउ

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । न्युजील्याण्डमा दुई वर्षीया बालिकालाई झोलामा लिएकी एक महिला पक्राउ परेकी छिन् । ती महिला झोलामा बालिका लिएर बसमा यात्रा गरिरहेकी थिइन्।

प्रहरीका अनुसार, उत्तरी न्यूजिल्याण्डको सानो शहर काइवाकाको बस स्टपमा आइतबार यो घटना प्रकाशमा आएको हो । एक यात्रुले आफ्नो सामान निकाल्न आग्रह गर्दा चालकले झोला चलिरहेको देखे । चालकले झोला खोल्दा त्यसमा दुई वर्षीया बालिका फेला परेकी थिइन् ।

यी २७ वर्षीया महिलालाई दुर्व्यवहार र बालिकाप्रति लापरवाहीको आरोपमा पक्राउ गरिएको छ ।

स्थानीय मिडियाले बालिकालाई करिब एक घण्टासम्म झोलामा थुनेर राखिएको बताएको छ । प्रहरीले अब बालिका सुरक्षित रहेको र उनको हेरचाह सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएको छ ।

प्रहरीले बालिकाको शरीर धेरै तातो भएको, तर उनलाई अन्य कुनै शारीरिक चोटपटक नलागेको बताएको छ ।

भेटे लगत्तै बालिकालाई अस्पताल लगिएको थियो, जहाँ उनको उपचार र जाँच भइरहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । महिला र बालिका बीचको सम्बन्धको बारेमा जानकारी साझा गरिएको छैन ।

प्रहरीले सोमबार महिलालाई नर्थ शोर जिल्ला अदालतमा पेश गरिएको बताएको छ । प्रहरीले बस चालकको प्रशंसा गर्दै चालकको सतर्कताको कदर गर्ने बताएको छ । चालकले तुरुन्तै कदम चालेर ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले बताएको छ ।

रेडियो न्यूजील्याण्डले २७ वर्षीया ति महिलालाई नर्थ शोर जिल्ला अदालतमा पेश गरिएको बताएको छ । रिपोर्ट अनुसार, आरोपपत्रमा, प्रहरीले बालिकाले निसास्सिने, डिहाइड्रेसन, गर्मी र मानसिक आघात जस्ता समस्या भोगेको बताएको छ । अब फोरेन्सिक मनोविज्ञान टोलीले यस हप्ता अदालतमा उनको अर्को उपस्थिति हुनुभन्दा पहिले महिलालाई सोधपुछ गर्ने रिपोर्टमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै