रौतहट । रौतहटको ईशनाथ-२ स्थित बनाना रिसोर्टमा आगलागि भएको छ । शनिबार विहान भएको आगलागीमा करिब ४० लाखको आटी भएको बताइएको छ ।
रिसोर्टका संचालक राकेस गुप्ताका रिसोर्टमा करिब १५ लाख रूपैया बराबरको विभिन्न कृषिमा प्रयोग हुने मेशीनहरू र खाधान्न, फर्निचर, फ्रिजहरू लगायतका समानहरू जलेर नष्ट भएको छ । घटनाका जानकारी हुनासाथ स्थानीय, प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलगीको मूख्य कारण थाहा नभएपनि बिजुलीबाट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
बनाना रिसोर्टमा मानिसहरू केराबाट बनेका विभिन्न परिकारको स्वाद लिने गर्दथे ।









