• २०८२ कार्तिक २६ बुधबार

संघीय निजामती विधेयकमा एमालेका सांसदले संशोधन हालेकोप्रति शेखर कोइरालाको आपत्ति

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ नेकपा एमालेका सांसदहरुले राष्ट्र्यि सभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले गठबन्धन दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित संशोधन हाल्नु एमालेको दोहोरो चरित्र भएको र देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका भएको टिप्पणी गरेका छन् । 

साथै कोइरालाले यस विषयमा कांग्रेसले एमालेको आधिकारी धारणा माग गर्नुपर्ने बताएका छन् । नेता कोइरालाले कुलिङ पिरियड जसरी पनि रहने बताएका छन् ।

उनले भनेका छन्- 'नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलवीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका हो । 
नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै