• २०८२ कार्तिक २८ शुक्रबार

दीपक राज गिरीको व्यंग्य- मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो !

kharibot

काठमाडौँ । कलाकार दीपक राज गिरीले मन्त्रीहरुलाई घुस खान तालिम दिनु पर्यो भन्दै व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गिरीले घुस प्रकरणमा मन्त्रीहरुको एकपछि अर्को अडियो बाहिरिएपछि यस्तो व्यंग्य गरेका हुन् ।    

उनले भनेका छन्- 

लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनु पर्यो ! घुस खान पो रोक्न सकिन्न त समाचार त रोक्नु पर्यो नि ! भोली मन्त्री खाने मान्छे नपाइएला !

तत्कालिन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणको अडियो बाहिर आएपछि राजीनामा दिएको अर्को दिननै भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले ३२ लाख लिएको दाबि गरिएको अडियो सार्बजनिक भएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै