• २०८२ कार्तिक २६ बुधबार

सबैला नगरपालिकाका इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले कृषि प्रबर्द्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको, कृषि उपकरण खरिद र किसानलाई बासमती धानको वीउ वितरण कार्यक्रममा किसानलाई धानको वीउ वितरण नगरी १४ लाख ७७ हजार ५०० अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । 

मुद्धा दायर हुनेमा सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, तत्कालीन लेखापाल शिव कुमार झा र उक्त पालिकाकाका पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैता, सबैला नगरपालिका वडा नम्बर ८  का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद राय, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजु कुमारी यादव, सबैला नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरको श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुर रहेका छन् ।

उनीहरुलाई १४ लाख ७७ हजार ५०० नै बिगो माग गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै