• २०८२ कार्तिक २६ बुधबार

ज्ञानेन्द्र शाहीको प्रश्न- जिबी राई कहाँ छन् ?

kharibot

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राई बारे सरकारलाई प्रश्न सोधेका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले जिबी राई कहाँ छन् ? भन्दै सरकारसँग प्रश्न गरेका हुन् ।  उनले भने- 'जिबी राई कहाँ छन् ? आज झन्डै ७३ लाख ७१ सर्बसाधारणको पैसा सहकारीमा ठगी भएको छ । जिबी राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो ? हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ ।'  उनले जीबी राईलाई सरकारले लुकाएर राखेको आरोप समेत लगाए ।   

सांसद शाहीले सरकारले आफुहरुका कुराहरु सुन्न नखोजेको भन्दै भिजिट भिसा प्रकरणमा सहकारीको विषयमा छानबिन गर्न बनेको जस्तै छानबिन समिति गठनको माग गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै