• २०८२ कार्तिक २६ बुधबार

एसीसी यू-१६ इस्ट जोन फाइनल: सिंगापुरले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

kharibot

काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र सिंगापुर भिड्दै छन् । फाइनल खेलमा सिंगापुरले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

विहिबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुदै नेपाल र सिंगापुर फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने सिंगापुरले हङकङ चाइनालाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

समुह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । समुह ए मा नेपाल अपराजित रहदै समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उपविजेता हुदै सेमिफाइनलमा पुगेको थियो ।

त्यस्तै सेमिफाइनलमा पराजित भएका मलेसिया र हङकङ चाइना तेस्रो स्थानका लागि आजै खेल्ने तालिका रहेको छ ।

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम सहभागी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै