• २०८२ कार्तिक २६ बुधबार

महरासँग नाम जोडिएकी रोशनी शाही मृत फेला

kharibot

काठमाडौं । पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महरासँग नाम जोडिएकी रोशनी शाही मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा शाही मृत फेला परेकी हुन् । 

बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाहीको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । 

जनप्रतिनिधिको रोहवरमा कोठा तोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो । उनी केहि दिनदेखि कोठामा एक्लै रहेको बताइएको छ । प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन् । घटनास्थलबाट सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ ।  

नेता महराले जबर्जस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएपछि महराको सभामुख पदनै गएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै