काठमाडौँ । न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारीक भ्रमणमा आउदै छन् ।
परराष्ट्र मन्त्रालयले उपप्रधानमन्त्री पिटर्स मे २८ देखि २९ सम्म दुई दिन नेपालको भ्रमणमा आउने जानकारी दिएको छ ।
भ्रमणको क्रममा, पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । त्यस्तै, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ ।
न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको यो नेपालको पहिलो भ्रमण समेत हो ।









