काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरणको सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
सर्वोच्चको आदेशअनुसार बिहीबार मिश्रलाई उपस्थित गराइएको हो । मिश्रलाई काठमाडौं प्रहरी परिसरबाट हत्कडी लगाएर न्यायाधिवक्ताको कार्यालय पुर्याइएको भएपनि त्यहाँबाट सर्वोच्च लैजाँदा भने हत्कडी खोलिएको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।









