• २०८२ जेठ ५ सोमबार

भारतको जम्मु कश्मिर र पञ्जाव क्षेत्रमा आजपनि पाकिस्तानको ड्रोन आक्रमण

kharibot

काठमाडौँ । भारत र पाकिस्तानबीचको तनावका बीच आज राति पनि पाकिस्तानले भारतको जम्मु कश्मिर र पञ्जाव क्षेत्रमा ड्रोन आक्रमण गरिरहेको छ ।

भारतीय मिडियाहरुका अनुसार शुक्रबार साँझदेखि जम्मू, साम्बा, पठानकोट सेक्टरमा पाकिस्तानी ड्रोनहरू देखिएको छ । ब्ल्याकआउटको क्रममा भारतको वायु रक्षा प्रणालीले पाकिस्तानी ड्रोनलाई रोकेको रिपोर्टमा उल्लेख छ । यसैबीच, भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच, धेरै क्षेत्रहरूमा सावधानी अपनाउँदै ब्ल्याकआउट लगाइएको छ । जम्मू कश्मीरको अखनूर र उधमपुर क्षेत्र, हरियाणाको अम्बाला र पंचकुला क्षेत्रमा पूर्ण रूपमा अन्धकार छ । यसैबीच, पञ्जाबको फिरोजपुर र राजस्थानको जैसलमेरमा ब्ल्याकआउट लगाइएको छ ।

जम्मू कश्मीरको राजौरीमा ब्ल्याकआउटको बीचमा भारतीय वायु रक्षाले एक पाकिस्तानी ड्रोनलाई रोकेको छ । यहाँ पनि विस्फोटको आवाज सुनिएको स्थानीयले बताएको रिपोर्टमा उल्लेख छ ।

शुक्रबार लगातार दोस्रो रात जम्मू क्षेत्रमा विस्फोटको आवाज सुनिएको र साइरन बज्न थालेको अधिकारीहरूले बताएका छन् । जसका कारण शहर अन्धकारमा डुबेको छ । श्रीनगरका मस्जिदहरूमा लाउडस्पीकरहरू प्रयोग गर्दै, स्थानीयहरूलाई सावधानीका रूपमा बत्तीहरू निभाउन भनिएको छ ।

त्यस्तै पाकिस्तानबाट पञ्जावका ८ जिल्लामा हमला गरिएको र लगातार ड्रोन आक्रमण गरिरहेको बताइएको छ । साथै पञ्जावको सीमा क्षेत्रमा ब्लाष्टको आवाज समेत सुनिएको स्थानीयले बाताएका छन् ।

गत मंगलबार राति भारतले पहलगाम आक्रमणको बदला स्वरूप पाकिस्तानविरुद्ध आक्रमण गरेपछि पाकिस्तानले लगातार दोस्रो रात आक्रमण गरेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै