• २०८२ जेठ ५ सोमबार

गोकुल बास्कोटाको माओवादीलाई कटाक्ष- दिउँसो जनवादी विहे, बेलुका गएर महँगो रेस्टुरामा पार्टी !

kharibot

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रलाई कटाक्ष गर्दै माओवादीले पनि विरोधमात्रै गरेको भन्दै उनले दिउँसो जनवादी बिहे, राति महँगो रेस्टुरामा पार्टी गरेर ढुन्मुनिएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद बास्कोटाले माओवादीले विरोधमात्रै गरेको भन्दै दिउँसो जनवादी बिहे, राति महँगो रेस्टुरामा पार्टी गरेर ढुन्मुनिने अवस्थामा आएपछि हेर्ने आँखा फरक हुने टिप्पणी गरेका हुन् ।

उनले भनेका थिए- 'नयाँ जोगीजस्तो एकदम म हुँदा चाहीँ के हुन्थ्यो, तेस्रो आँखा खोलेर हेर्थें भन्ने कुरा सत्तामा नहुँदा भन्ने हो । सत्तामा हुँदाखेरी तेस्रो आँखा खुल्दैन । सत्तामा हुँदा सत्ताको आँखा खुल्छ, प्रतिपक्षमा हुँदा प्रतिपक्षको आँखा खुल्छ । यस्तो स्थितिको अभ्यास छ कि दिउँसो जनवादी विहे, बेलुका गएर सबैभन्दा महँगो रेस्टुरामा पार्टी खाएर ढुन्मुनिनुपर्ने जस्तो अभ्यास र संस्कारबाट आएपछि आँखाहरु फरक छन् । यो स्पष्ट कुरा हो ।'

सांसद बास्कोटाले अहिले संसद्मा प्रष्टरुपमा सत्तापक्ष, प्रतिपक्ष र व्यवस्थाविरोधी शक्तिहरु रहेको बताउदै प्रतिपक्ष र व्यवस्थाविरोधी शक्तिले सरकारले ल्याएको नीति तथा कार्यक्रम जति नै राम्रो भएपनि विरोधमात्रै गरेको टिप्पणी गरे । उनले सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको भन्दै सबैले समर्थन गर्न पनि आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै