• २०८२ जेठ ५ सोमबार

आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालको समर्थन र ऐक्यबध्दता

kharibot

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जम्मू कश्मिरको हिंसात्मक, आतङ्कवादी र मानवताविरोधी घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । विज्ञप्ति जारी गर्दैै जसपा नेपालले क्रुर र बर्बर आतङ्कवादविरूद्धको लडाईमा जसपा नेपालले समर्थन र ऐक्यबध्दतासमेत व्यक्त गरेको छ ।

आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता नहुने बताउँदै जसपा नेपालले आफूहरुलाई आतङ्कवादको कुनै पनि रूप स्वीकार नरहेको बताएको छ । विकसित घटनाक्रमले हाल दक्षिण एशियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले सम्पूर्ण क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा नकारात्मक असर पार्ने खतरा देखिएको भन्दै जसपा नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

जसपा नेपालले समस्त दक्षिण एशियाली मुलुकहरूलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरेको छ । जसपा नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहँदै आएको र दिनहरूमा पनि यस्तै मान्यताकासाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

आतङ्कवादीहरूले २२ अप्रिल २०२५ का दिन भारतको जम्मु कश्मिरस्थित पहलगाममा नेपाली नागरिक सुदिप न्यौपानेसहित कम्तिमा २६ जना पर्यटकको हत्या गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै