• २०८२ मङ्सिर २५ बिहीबार

स्ववियू चुनावका बागी उम्मेदवारलाई नेविसंघको कारवाही

kharibot

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा बागी उठेका उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । 

नेविसंघको अनुशासन समितिले बागी उम्मेदारलाई कारवाही गर्दै बागी उम्मेदवारी फिर्ता लिएकाहरुको हकमा भने कारबाही नगरिएको नेविसंघ अनुशासन समितिले जनाएको छ ।

नेविसंघको अनुशासन समितिले भनेको छ- 

‘संघको विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्ने तर संघका आधिकारिक उम्मेदवार तथा संघद्वारा समर्थन प्राप्त उम्मेदवारहरू विरुद्ध उम्मेदवारी दिने, त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बन्ने, वा अन्य संगठनको तर्फबाट उम्मेदवार भएर प्रतिस्पर्धा गर्ने व्यक्तिहरूलाई नेपाल विद्यार्थी संघको विधान, २०२७ (संशोधनसहित) को धारा २४ (२) तथा आचारसंहिता, २०८१ को नियम ५ (क), (ग) र नियम ७ बमोजिमको व्यवस्थाबमोजिम अनुशासनको कारवाही गरी आजकै मितिबाट लागू हुनेगरी साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै