• २०८२ जेठ ५ सोमबार

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

kharibot

काठमाडौं । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । 
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै