• २०८२ जेठ ५ सोमबार

आइपिएलमा आज लखनउ र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै

kharibot

काठमाडौँ । आज आइपिएल अन्तर्गत एक खेल हुदैछ । आज लखनउ सुपर जाइन्ट र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ ।

लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।

रोयल च्यालेन्जर्स बैंगलुरु ११ खेलमा १६ अंकसहित प्लेअफको नजिक रहेको छ । सम्भवत यो खेल जितेमा बैंगलुरु प्लेअफका लागि छनौट हुने छ । त्यस्तै अर्कोतर्फ लखनउको भने ११ खेलमा १० अंक रहेको छ र प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ । लखनउले यो खेलसहित खेल्न बाँकी तीन खेल जितेमा पनि अन्य टिमको प्रदर्शनपछि मात्र प्लेअफको बाटो स्पष्ट हुने छ । 

यस सिजनमा लखनउ र रोयल च्यालेन्जर्सबीच हुन लागेको यो पहिलो खेल हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै