• २०८२ कार्तिक २६ बुधबार

तीनकुनेमा तीनवटा गाडी ठोक्किदा एक जनाको मृत्यु

kharibot

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडकमा आज बिहान तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन् ।

उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आज बिहान साढे बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन् । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै