• २०८२ जेठ ५ सोमबार

पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो

kharibot

काठमाडौँ । पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ ।

भारतीय सेनाले दिएको जानकारी अनुसार सीमापारीबाट भएको गोलीवारीमा अहिलेसम्म १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको छ।

जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको सेनाले बताएको छ ।

मंगलबार राति, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै