• २०८२ जेठ ५ सोमबार

४० लाख हुन्डीको रकमसहित दुई जना पक्राउ

kharibot

काठमाडौँ ।  प्रहरीले काठमाडौंको विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट ४० लाख ३२ हजार हुण्डी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले सुचनाका आधारमा खानतलासी गर्दा विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट नगद  ४० लाख ३२ हजार पाँच सय हुन्डीको रकम सहित भारतीय नागरिक सुरज दत्त र रुपन्देहीका धर्म प्रसाद ढकालपक्राउ परेको जानकारी दिएको हो । 

उनीहरुसँग प्रहरीले दुई थान मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को हस्ताक्षर मात्र गरेको खाली २ थान चेक, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को १९ थान चेक र विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को ११ थान पासबुक समेत बरामद गरेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै