काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ ।









