• २०८२ जेठ ५ सोमबार

सुन तोलामा ५३ सयले बढ्यो

kharibot

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज सुन तोलाको  एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि सोमबार सुन तोलाको एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर १९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी तोलामा १९१० मा कारोबार भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै