काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तिनकुने घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् ।
तिनकुने क्षेत्रमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा संलग्न भएको भन्दै प्रहरीले खेमराज सेढाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सुचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहोराले जानकारी दिएका छन् ।
राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार समेत रहेका ७२ बर्षिय सेढाईलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









