• २०८२ कार्तिक २६ बुधबार

काठमाडौंको तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

kharibot

काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तिनकुने घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् ।

तिनकुने क्षेत्रमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा संलग्न भएको भन्दै प्रहरीले खेमराज सेढाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सुचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहोराले जानकारी दिएका छन् ।

राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार समेत रहेका ७२ बर्षिय सेढाईलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै