काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणकोले श्वेत पत्र सार्बजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार प्राधिकरणको श्वेत पत्र सार्वजनिक गरेका हुन् ।
प्राधिकरणको वित्तीय अवस्था जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले ०८०/०८१ असार मसान्तसम्मको सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको जानकारी दिएका छन्, जसमा प्राधिकरणको स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेको छ ।
यस्तै प्राधिकरणबाट २ खर्ब २० अर्ब बराबरका आयोजना निर्माणाधीन रहेको पनि उनले बताए ।
त्यस्तै शाक्यले ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको बताएका छन् । उनले वडाका हिसाबले ९५ प्रतिशत विद्युत् पहुँच पुगेको तथा घरसंरचनाका आधारमा ९१.४ प्रतिशत पहुँच पुगेको जानकारी दिए ।
त्यस्तै फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २ हजार ४३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।
उनले २०८२/८३ मा वर्षा याममा २ हजार ६४८ मेगावाट , २०८३/८४ मा ३ हजार ३१६ मेगावाट विद्युत् जगेडा रहने र यो निर्यात हुनुपर्ने देखिएको बताए । तर, त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र २०८३/८४ मा ७२८ मेगावाट विद्युत अपुग हुने श्वेतपत्रमा उल्लेख छ ।