• २०८२ जेठ ५ सोमबार

चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

kharibot

धनकुटा । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउंपालिका- ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शंका लागि चेकजाँच गर्न  खोज्दा भागेको थियो ।

को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा फेला परेको हो । कार र बरामद गाँजा थप कारबाहिका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै