• २०८२ जेठ ५ सोमबार

सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी

kharibot

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच वार्ता जारी रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान वार्ता सुरु भएको हो । 

वार्तामा सरकारको तर्फबाट नवनियुक्त  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितका प्रतिनिधिहरू रहेका छन् ।

सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका हुन् । शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए । 

यस अघि शुक्रबार शिक्षा मन्त्रालयले आफु खुशी शिक्षकहरुको तर्फबाट वार्तामा बस्ने २५ जनाको नाम सार्बजनिक गरेपछि महासंघसँगको वार्ता भांडीएको थियो ।  

गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै