• २०८२ बैशाख ५ शुक्रबार

पुर्वमुख्यमन्त्री कार्कीको गगनलाई व्यंग्य- एक दर्जनलाई नियुक्ति दिलाएपछि प्रधानमन्त्रीको बेडरूमसम्म विचौलियाको पहुँच देखे !

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी महामन्त्री गगनकुमार थापाप्रति व्यंग्य गरेका छन् । 

कार्कीले सामाजिक संजालमा लेख्दै महामन्त्री थापाको नाम उल्लेख नगरी एक दर्जनलाई नियुक्ति दिलाएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरूममा विचौलिया देखेको टिप्पणी गरेका छन् । 

महामन्त्री थापाले मंगलबार पार्टीको एक कार्यक्रममा प्रधानमन्त्रीको बेडरूमसम्मै विचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए- 'हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।'

महामन्त्री थापाको उक्त भनाइप्रति व्यङ्ग्य गर्दै पूर्वमुख्यमन्त्री कार्कीले भनेका छन्, ‘दिनरात नभनी १६/१६ घण्टा बलुवाटारमा बसेर सरकारको रसायन बनेर काम गर्नेले एक दर्जन नियुक्ति भएपछि बल्ल बेडमा बिचौलिया पुगेको देख्नुभएछ । यो मेरो विचारभन्दा पनि सम्बन्धित कै हो ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै