• २०८२ बैशाख ५ शुक्रबार

राजतन्त्रको पक्षमा नाराबाजी गर्दा पक्राउ परेका अमेरिकी नागरिक किर्पालले छोडे नेपाल

kharibot

काठमाडौं । राजतन्त्रको पक्षमा नाराबाजी गरिरहेको अवस्थामा पक्राउ परेका अमेरिकी नागरिकले नेपाल छाडेका छन् । 

अमेरिकी नागरिक जुलियन किर्पालले मंगलबार एयर इन्डियाको ४:२७ बजेको उडानबाट नेपाल छाडेका हुन् ।

अध्यागमनले उनलाई दिल्ली हुँदै अमेरिका पठाएको हो । राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका किर्पाललाई सरकारले देश निकाला गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको थियो ।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए । उनले राजसंस्थाको पक्षमा नाराबाजी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो । उनी पर्यटक भिसामा नेपाल बस्दै आएका पाइएको थियो भने उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाट गरिरहेको प्रहरीको अनुसन्धानमा पाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै