काठमाडौँ । माल्दिभ्सले इजरायली राहदानीलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध माल्दिभ्स अध्यागमन ऐनको तेस्रो संशोधन अन्तर्गत लगाइएको हो ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले अप्रिल १५, २०२५ मा माल्दिभ्स अध्यागमन ऐनको तेस्रो संशोधनलाई अनुमोदन गरेसँगै यो नियम लागु भएको हो ।
यस संशोधन मार्फत अध्यागमन ऐनमा नयाँ प्रावधान राखिएको छ । यस अन्तर्गत, इजरायली राहदानी भएका व्यक्तिहरूलाई माल्दिभ्स गणराज्यमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
माल्दिभ्सको राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा यो प्रतिबन्धले प्यालेस्टिनी जनताविरुद्ध इजरायलको अत्याचार र नरसंहारको जवाफ दिने माल्दिभ्स सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताएको छ ।
गाजामा इजरायली सेनाले गरेको आक्रमणको विरोधमा बंगलादेशले आफ्ना नागरिकहरूलाई इजरायल जान प्रतिबन्ध लगाएको छ ।