काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको बोलाएको छ ।
वैशाख १७ गते बुधबाट केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कांग्रेसले केन्द्रीय समिति बैठकको बोलाएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति निकाल्दै बैठक वैशाख १७ गते बुधबार बिहान १० बजे बस्ने बताएका हुन् । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिएका छन् ।