काठमाडौँ । नेपाली बजारमा बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ ।
आज सुन तोलामा १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलाको एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भएको जानकारी दिएको छ ।
यसअघि चैत्रको अन्तिम दिन सुन तोलामा एक लाख ८६ हजारमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।