• २०८२ बैशाख ५ शुक्रबार

संसदको विशेष अधिवेशन बोलाएर शिक्षकको माग पुरा गरौँ- सांसद शाही

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सडकमा आन्दोलनरत शिक्षकहरूको माग छिटो पूरा गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शाहीले शिक्षकहरूको माग शिक्षा विधेयकले पुरा गर्ने बताउँदै संसद्‍को विशेष अधिवेशन बोलाएर शिक्षा विधेयक संसद्‍बाट पास गर्न सरकारसमक्ष अनुरोध गरेका छन् ।

उनले भनेका छन्- डकमा आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्ने शिक्षा विधेयकले हो अहिले संसद बन्द छ त्यसैले सरकारलाई अनुरोध गर्दछौँ संसदको विशेष अधिवेशन बोलाउ र शिक्षा विधेयक संसदबाट पास गरौँ । सरकारमा बसेर उखान टुक्का न हानौँ । शिक्षकहरूको माग पूरा गरौं ।।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै